Logo
Logo

झापाको मुस्लिम बस्तीमा आगलागी, ६ घर नष्ट


378
Shares

झापा । झापा गाउँपालिका–५ सिमलडाँगीको मुस्लिम बस्तीमा आगलागी हुँदा ६ घर जलेका छन् । बुधबार बिहान बिहान ३ बजेतिर स्थानीय अब्दुल करिम अलीको घरबाट आगो सुरु भएको थियो ।

अब्दुलको घरसँगै जोडिएका अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

विद्युत् सर्ट भएर आगलागी सुरु भएको प्रहरीको अनुमान छ । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्