धनगढी । सेती नदीको कटानले बझाङ जोडने मुख्य सडक जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
राजमार्गअन्तर्गत जालेबगरमा सडक कटान गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । साना सवारी आवतजावत भइरहे पनि ठुला सवारी भने ठप्प छन् ।
नदीले अधिकांश सडकको भाग कटान गरिसकेको छ । नदीमा पानीको बहाव बढिरहेकाले उक्त सडक अझै कटान हुने अनुमान गरिएको छ ।
यो सडक अवरुद्ध भएपछि बझाङ सदरमुकाम जोड्ने अन्य वैकल्पिक सडक छैन ।