Logo
Logo

कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव


693
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीन विश्वकर्मालाई नियुक्त गरिएको छ । पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले उनीहरुलाई बुधबार नियुक्त गरेका हुन् ।

यसअघि कांग्रेसका प्रमुख सचेतक रहेका बालकृष्ण खाँण थिए । एक वर्षअघि खाँण गृहमन्त्री बनेका थिए । यसअघि कांग्रेस सचेतक रहेकी पुष्पा भुसाल यसै साता उपसभामुखमा निर्वाचित भएपछि दुबै पद खाली भएको थियो । देउवाले पूर्वउपसभामुख समेत रहेकी चित्रलेखालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका] एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्