Logo
Logo

बाँकेमा ६ करोडका चोरीका सामान बरामद


756
Shares

बाँके । प्रहरीले बाँकेमा १ वर्षको अवधिमा ६ करोड रुपैयाँ बराबरका चोरी पैठारीको सामान बरामद गरेको छ ।

खुला सीमाको फाइदा उठाएर भन्सार छली गरेर ल्याएका सामान बरामद गरेको हो । २०७८/७९ मा ५ करोड ९० लाख ५४ हजारका सामान बरामद गरेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकरी दिए ।

त्यसमा २ करोड ५० लाखको अवैध मालसामान छन् । चोरी पैठारी गर्ने ५३ जना पक्राउ परेको प्रहरीले जनाएको छ । ‘खुला सीमा धेरै भएकाले चोरी पैठारीको समस्या बढी देखिएको छ,’ प्रहरी उपरीक्षक अधिकारीले भने ।

चालु विभिन्न मुद्दामा पक्राउ पर्ने प्रतिवादीको संख्या पनि अघिल्लो वर्षभन्दा झण्डै दोब्बर छ ।

प्रतिक्रिया दिनुहोस्