Logo
Logo

एमालेको सरकारले मात्रै राष्ट्रियतालाई जगेर्ना गर्छ : ओली


189
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावपछि एमालेको सरकार निर्माण हुने दावी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित वागमती प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमालेको सरकार निर्माण गर्ने उद्देश्यका साथ जुट्न समेत पार्टीपंतिलाई निर्देशन दिए । एमालेको सरकारले मात्रै देशको राष्ट्रियतालाई जगेर्ना गर्ने उनले दावी गरे ।

फाइल फोटो

अध्यक्ष ओलीले भने, ‘श्रीमती अघि सार्ने, सालो अघि सार्ने र पार्टीका नाममा केही व्यक्तिले लुट मच्चाउने काम गरिरहेका छन् । यो अवस्थाबाट मुक्ति दिन जरुरी छ ।’ आफू नेतृत्वको सरकारका पालामा देशले विकास र समृद्धिको लय समातेको उनको भनाइ छ ।

‘देशले राष्ट्रिय, अन्तर्राष्टिय सफलता हासिल गर्दै एउटा लयका साथ अगाडि बढेको थियो’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘त्यो लयलाई फेरि प्राप्त गर्न नेकपा एमालेको सरकार निर्माण गर्नुपर्छ । यो उद्देश्य प्राप्त गर्नेगरी हामी अगाडि बढौं ।’

उनले मंसिरमा चुनाव गर्नबाट तलमाथि हुन दिनु नहुने पनि बताए । उनले भने, ‘राष्ट्रियता, लोकतन्त्र, विकास र सुशासनका प्रश्नलाई हल गर्दै बाह्य सम्बन्धलाई पनि सन्तुलत र उपयुक्तरूपमा अगाडि बढाउन लागि एमालेको सरकार गठन गर्न सक्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्