Logo
Logo

बर्दियामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


756
Shares

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका–६ नौरंगामा माईक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाकै राजापुर नगरपालिका–१ का ३२ वर्षीय बसन्त थारु रहेका छन् ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा नर्सिङ होम नेपालगञ्जमा मृत्यु भएको हो । नेपालगञ्जबाट गोलातर्फ आउँदै गरेको भे १ ख ३३६४ नम्बरको माईक्रो बसले पैदल हिडिरहेका थारुलाई ठक्कर दिएको हो ।

बस सहित चालकलाई इलाका प्रहरी कार्यालय पाताभारले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्