Logo
Logo

नेपालबाट राजीनामा दिएका पुबुदु क्यानडाको प्रशिक्षक नियुक्त


567
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् ।

नेपाली टिमबाट राजीनामा दिएको केही बेरपछि नै पुबुदु आफ्नो राष्ट्र क्यानडाका मुख्य प्रशिक्षक नियुक्त भएको क्रिकेट क्यानडाले जनाएको छ ।

दासानायकेले आज दिउँसो पत्रकार सम्मेलनमार्फत नेपालको मुख्य प्रशिक्षक पद त्याग्ने घोषणा गरेका थिए । घोषणाका क्रममा उनले व्यक्तिगत कारणले पद छाड्ने बताएका थिए ।

उनले राजीनामाको घोषणा गरे लगत्तै क्रिकेट क्यानडाले उनी प्रमुख प्रशिक्षक नियुक्त भएको घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्