Logo
Logo

पत्रकारमाथि भएको दुर्व्यवहारप्रति समाजवादी प्रेस संगठनको आपत्ति


126
Shares

काठमाडौं । पत्रकार सन्तोष भण्डारी माथिभएको दुर्व्यवहारप्रति समाजवादी प्रेस संगठन नेपालले भर्त्सना गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै समाजवादी प्रेस संगठनले भर्त्सना गरेको हो ।

बूढानीलकण्ठ नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा पशुपति टाइम्स डट कमका सम्पादक सन्तोष भण्डारीमाथि नगर प्रमुख मिठाराम अधिकारीका मान्छेले दुर्व्यवहार गरेका थिए ।

भण्डारीका अनुसार मंगलबार साढे पाँच बजे नगरप्रमुख अधिकारीको कार्यकक्षमा स्थानीयवासीले भोगेका समस्या अवगत गराउँदै गर्दा मेयरका आफन्त बताउने रबिन्द्र अधिकारी उनीमाथि दुर्व्यवहार गर्दै कार्यालयबाट बाहिर निकाल्न खोजेका थिए ।

उक्त घटना गैरजिम्मेवार भएको भन्दै समाजवादी प्रेस संगठनले विरोध गरेको हो । समाजवादी प्रेस संगठन उपत्यका प्रदेश कमिटी सचिव आशिष गुरागाईंद्वारा जारी विज्ञप्तिमा भनिएका छ– ‘कुनै पनि बहानामा यस किसिमको दुर्व्यवहार हुनु निन्दनीय हुनुका साथै प्रेसविरोधी काम हो ।’

समाजवादी प्रेस संगठनले दोषीलाई कानुनी दायरामा ल्याउन र पत्रकार तथा सञ्चार माध्यमलाई सुरक्षाको प्रत्याभूति दिलाउन माग पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्