एजेन्सी । सलाहुद्दिन प्रान्तमा इस्लामिक स्टेट (आईएस) का लडाकूको आक्रमणमा परी छ जना प्रहरी अधिकारीको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका छन् ।
प्रान्तीय प्रहरीका अनुसार मङ्गबार राति सलाहुद्दिन प्रान्तको पूर्वी भागमा रहेको प्रहरी शिविरमा आईएस लडाकूले आक्रमण गर्दा उक्त हताहति भएको हो । लडाकू र प्रहरीबीच भीषण भिडन्त भएको र थप प्रहरी बल आएपछि चरमपन्थीहरू भागेका थिए । दोहोरो झडपमा कति चरमपन्थी हताहत भए भन्नेबारेमा वास्तविक विवरण प्राप्त भएको छैन ।
सन् २०१७ मा आईएस चरमपन्थी पराजित भएपछि इराकको सुरक्षा स्थितिमा सुधार भइरहेको छ । यद्यपि अतिवादी समूहका अवशेष शहरी क्षेत्र तथा मरूभूमिमा सक्रिय रहेका र तिनले सुरक्षा बल र सर्वसाधारणमाथि आक्रमण गर्दै आएका छन् ।