Logo
Logo

अभिनेत्री मिरुनाले जिते ब्रनेल गोल्ड अवार्ड


4.4k
Shares

काठमाडौं । अभिनेत्री मिरुना मगर लण्डनको ब्रनेल विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेका छन् । उनको अभिनय रहेको फिल्म ‘कबड्डी ४’ ब्लकबस्टर बन्यो ।

अभिनेत्री मिरुना ब्रनेल गोल्ड अवार्ड समेत जितेका छन् । बालबालिका, युवा र अन्तर्राष्ट्रिय विकास विषयमा उनले विश्वविद्यालयबाट स्नातकोत्तर डिग्री हासिल गरेका हुन् ।

यसबारे सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनगिन्ती बाधा र अड्चनको बाबजुद मास्टर्स डिग्री उत्तीर्ण गर्न पाउँदा र यसबीचमा फिल्मको छायांकन पनि सम्पन्न गर्न सकेकोमा म आफूलाई गौरवान्तित महसुस गर्छु । कैयौं निद्रारहित रातहरु, लकडाउनका शून्यताहरु र भित्रैदेखि मन भाँचिएका कैयौं क्षणको नतिजाको रुपमा यो उपलब्धि हासिल भएको छ । यो सहयोग र समर्थनको लागि मेरो परिवार र साथीहरुलाई धन्यवाद नदिइरहन सक्दिनँ । मेरो जीवनमा उनीहरुलाई पाएकोमा कृतज्ञ छु ।’

प्रतिक्रिया दिनुहोस्