Logo
Logo

मेरो ट्रोल गरेर भान्छा सस्तो हुन्छ भने होस् : प्रदीप ज्ञवाली


1.3k
Shares

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले महँगी नियन्त्रण जस्तो गम्भीर मुद्दा उठाउँदा सत्तापक्षले आफ्नोबारेमा ‘ट्रोल’ बनाएर विषयान्तर गरेको दुखेसो पोखेका छन् ।

बिहीबार संसदको विशेष समयमा महँगी, अभाव र कालोबजारीबारे बोल्दै गर्दा उनले भने, ‘मैले केही दिनअघि एउटा सार्वजनिक कार्यक्रममा बोलेको कुरालाई लिएर अमेरिकाको फोटो छापेर मलाई ट्रोल गरियो । ट्रोल छापेर उहाँहरुको भान्छा सस्तो हुन्छ भने होस् । भान्छा सस्तो होस् ।’

नेता ज्ञवालीले महँगी नियन्त्रण गर्न नसकेका र उपभोक्ताप्रति गैरजिम्मेवार व्यक्तिहरुले मुद्दालाई विषयान्तर गर्नका लागि आफ्नो ट्रोल बनाएर दुस्प्रचार गरको बताए । केही दिनअघि एउटा कार्यक्रममा ज्ञवालीले महँगीले गर्दा दुई थोक तरकारी पकाउन नसकिने अवस्था रहेको बताएका थिए । र, आफूले एक थोक तरकारी मात्र खाने गरेको तर्क राखेका थिए।

उनको यो भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जालहरुमा नेता ज्ञवालीले व्यन्जनकार भोजन गरीरहेको फोटो हालेर ट्रोल गरिएको थियो । ज्ञवालीले त्यो फाटो अमेरिका भ्रमणमा गएका बेला खाना खाएको तस्बिर भनेर स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस्