Logo
Logo

संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थप


567
Shares

काठमाडौं । बजेट निमार्णको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा जनार्दन शर्मामाथि छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिको कार्यावधि थप गरिएको छ । सुरुमा १० दिनको समय पाएको समितिले काम नसकेपछि पुन: सात दिन थप भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले उक्त समितिको म्याद ७ दिन थप गर्ने प्रस्ताव प्रतिनिधिसभामा राखेका थिए । त्यसलाई बैठकले अनुमोदन गरेको हो ।

असार २२ गते गठन भएको समितिले २८ गतेदेखि काम सुरु गरेको थियो । समितिले बिहीबार मात्रै सभामुख सापकोटालाई समय थप्न माग गरेका थिए ।

आर्थिक वर्ष २०७९-८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्