Logo
Logo

गभर्नरको राजीनामा माग गर्दै तीन विद्यार्थी संगठनद्वारा प्रदर्शन


441
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सत्तारुढ दलका विद्यार्थी संगठनहरुले प्रर्दशन गरेका छन् ।

बिहीबार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ), नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले संयुक्त रुपमा गभर्नर अधिकारीविरुद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरुले नेकपा एमालेको अर्थ तथा वाणिज्य विभागमा सदस्य रहेका एम अधिकारी र गर्भनर अधिकारी एकै व्यक्ति भएको भन्दै राजीनामा माग गरेका थिए ।

विरोध प्रर्दशनसँगै आयोजित सभालाई नेविसंघका दुजाङ्ग शेर्पा, क्रान्तिकारीकी पन्चा सिंह र अनेरास्ववियुका सुदेस पराजुलीले सम्बोधन गरेका थिए ।

प्रदर्शनकारीहरूले गभर्नरको राजीनामा वा बर्खास्तीको माग राख्दै व्यंग्यचित्र समेत प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्