Logo
Logo

भारतको नवनिर्वाचित राष्ट्रपति मुर्मूलाई राष्ट्रपति र प्रधानमन्त्रीको बधाइ


819
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र गणतन्त्र भारतका १५औँ राष्ट्रपति निर्वाचित भएकी द्रौपदी मुर्मूलाई बधाइ दिएकी छिन्।

मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने पूर्ण विश्वास लिएको राष्ट्रपति भण्डारीको ट्विट सन्देशमा उल्लेख छ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बधाइ तथा शुभकामना दिएका छन्।

बिहीबार राति नै ट्विट गर्दै नवनिर्वाचित राष्ट्रपति मुर्मूको कार्यकालमा दुई देशबीचको सम्बन्ध सुदृढ हुनेविश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्