काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विभिन्न पदमा ७३ जना कर्मचारी माग गरेको छ। खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने पदपूर्तिका लागि बोर्डले दरखास्त आह्वान गरेको हो ।
आज गोरखापत्रमा सूचना निकालेर बोर्डले एक परीक्षा नियन्त्रक, चार उपसचिव, शाखा अधिकृत, लेखा अधिकृत, कम्प्युटर अधिकृत, प्रशासन सहायक, लेखा सहायक, कम्प्युटर सहायक पदमा कर्मचारी मागेको छ।
योग्यता पुगेका उमेदवारले ३० दिनभित्र नियमित शुल्क र दोब्बर शुल्क तिरी थप सात दिनभित्र आवेदन दिन सक्ने बोर्डले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।