Logo
Logo

संघीयता खारेजी राप्रपाकाे मुख्य एजेण्डा


567
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संघीयता खारेजीको पक्षमा उभिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा जारी केन्द्रीय समिति बैठकमा संघीयता खारेजीलाई मुख्य एजेण्डा बनाएर चुनावमा जाने प्रस्ताव गरिएको छ ।

बिहीबारदेखि सुरू भएको केन्द्रीय समितिको बैठकमा अधयक्ष लिङदेनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा तीन तहको संघीयतालाई खारेज गरी केन्द्र र बलियो स्थानीय तहको व्यवस्था कायम गर्नुपर्ने ठहर गरेका छन् ।

लिङदेनको राजनीतिक प्रतिवदेनमा भनिएको छ, ‘आगामी संघ र प्रदेशको चुनावमा राप्रपाले यी विषयलाई जोडदार रूपमा उठाउने छ । समय छँदै हाल कायम संरचनागत कमी–कमजोरी र असफलतालाई सम्बोधन गर्न, विश्वव्यापी अनुभव, सफलतम प्रजातान्त्रिक अभ्यास र नेपाली आवश्यकताको आधारमा, संविधानले दिएको अधिकारको प्रयोगमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको खारेजी आवश्यक भएको छ ।’

प्रतिवेदनमा प्रजातन्त्रको रक्षा, भ्रष्टाचारको अन्त्य र देशमा स्थीरता कायम राख्न संविधानभित्र परिवर्तन अपरिहार्य भएको उल्लेख छ । राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको पक्षमा राप्रपा कृतसंकल्पित रहेको लिङ्देनले उल्लेख गरेका छन् ।

साथै, राप्रपाले शासकीयस्वरूप र निर्वाचन प्रणालीमा सुधारको पनि वकालत गरेको छ । पूर्ण समानुपातिक संसद र जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्रीको मोडल लिङदेनले प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्