Logo
Logo

विप्लव नेतृत्व नेकपाको महाधिवेशन असोजमा


126
Shares

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशन असोजमा हुने भएको छ ।

नेकपा प्रवक्ता खडगबहादुर विश्वकर्माले ९औं महाधिवेशन असोज एक गते काठमाडौंमा आयोजना गर्ने जानकारी दिए । ‘एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाईमा विकास गरौं, अवसरवादलाई परास्त गर्दै पार्टीलाई एकताबद्ध र सुदृढ गरौं’ भन्ने मुल नारासहित सो महाधिवेशन आयोजना हुन लागेको हो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वबाट अलग्गिएर मोहन वैद्यको नेतृत्वमा समाहित भएका विप्लव सो पार्टीबाट पनि अलग्गिएर नेकपा गठन गरेर राजनीतिमा सक्रिय छन् । दुई वर्षअघि शान्ति प्रक्रियामा आएको विप्लव समूहले पहिलो पटक काठमाडौंमा पार्टी महाधिवेशन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्