Logo
Logo

क्यान्सर पिडित डम्बर कुमारीका लागि पाँच लाख ७३ हजार हस्तान्तरण


राम मगर

8k
Shares

खोटाङ । खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका वडा नम्बर २ निवासी क्यान्सर पिडित डम्बर कुमारी श्रेष्ठका लागि पाँच लाख, ७३ हजार ८६ रुपैयाँ सहयोग संकलन भएको छ ।

डम्बर कुमारी श्रेस्ठ बचाउ अभियानबाट संकलन भएको उक्त रकम आज ध्यानकुमार राई, रेनुका श्रेष्ठ र डिल्ली श्रेष्ठले हस्तान्तरण गरेको श्रेष्ठले जानकारी दिए । लामो समयदेखि क्यान्सरबाट पिडित लेख नारायण श्रेष्ठका श्रीमती श्रेष्ठ बिपि कोइराला क्यान्सर हस्पिटल भरतपुरमा उपचारत छन् ।

देश, विदेशमा रहेका नेपालीहरुले डम्बर कुमारी श्रेस्ठको स्वास्थ्य लाभको कामना गर्दै सहयोग गरेका सम्पूर्ण सहयोगीहरुलाई समाजसेवी ध्यानकुमार राईले धन्यवाद दिएका छन् ।

एक वर्ष अगाडीमात्र क्यान्सरकै कारणले गर्दा छातीको अप्रेसन गरेको र फेरी त्यहिँ घाउँ घाँटीमा निस्केर क्यान्सर भएको थियो । घरको आर्थिक अवस्था कम्जोर भएका कारणले गर्दा उनको उपचारको लागि आर्थिक सहयोग अभियान चलाएको थियो ।

केहि वर्ष अगाडी क्यान्सरका कारणले गर्दा छातीको अप्रेसन गरेर सामान्य जीबन बिताइरहेका डम्बर कुमारीको अचानक फेरी त्यहिँ घाउँ घाँटीमा निस्केर दुख्न थालेपछि औषधि उपचार गर्दै आएका थिए । दुखाइ कमी नभएपछि र लगातार दुखी बढ्दै गएपछि उपचारका क्रममा डाक्टरले क्यान्सर भएको बताएपछि उपचार गर्न आर्थिक समस्या भएको थियो ।

घरको आर्थिक अवस्था कम्जोर भएको र उपचारका लागि डम्बर कुमारी बचाऊ अभियान चलाएको र अभियानबाट ५ लाख, ७३ हजार ८६ रुपैयाँ सहयोग संकलन भएको ध्यानकुमार राईले जानकारी दिए । आर्थिक सहयोग संकलनको लागि ध्यानकुमार राई र दिल्ली श्रेष्ठको नाममा खाता खोलेको थियो ।

यस अभियानकर्ताहरुले यसअघि पनि देश विदेशमा छरिएर रहेका साथीभाईहरुसंग अन्य आर्थिक कम्जोर भएका परिवारहरुलाई आर्थिक जुटाएर सहयोग गरिसकेका छन् । पटक-पटक यस्ता सहयोग अभियान चलाइरहेका उनीहरुले आर्थिक कम्जोर भएका परिवारहरुको लागि सहारा बन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्