काठमाडौं । थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चाले विश्वासको मत पाएका छन् ।
शनिबार संसदमा भएको मतदानमा उनले दुई सय ५६ मत पाएका थिए भने विपक्षमा दुई सय ६ मत खसेको थियो ।
अविश्वासको प्रस्तावमा विपक्षी दलले प्रधानमन्त्रीसँगै निशाना बनाएका १० जना मन्त्रिपरिषद्का सदस्यको पद पनि जोगिएको छ ।