Logo
Logo

एमालेलाई कमजोर बनाउन गठबन्धन बनाइयो : ओली


945
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कमजोर बनाउन विदेशीले सत्तारुढ गठबन्धन बनाएको बताएका छन् ।

शनिबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आठौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् । मजदुर वर्ग पक्षीय विचारहरूका संवाहक शक्ति नेकपालाई विभाजन गर्ने काम पनि देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूले गराएको उनको भनाइ छ ।

फाइल फोटो

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले मजदुर वर्ग पक्षीय शक्तिहरुलाई कमजोर पार्ने प्रयास भइरहेको र त्यसैको परिणामस्वरूप आफू नेतृत्वको तत्कालीन नेकपा विभाजन भएको उनको भनाइ छ ।

‘मजदुर वर्ग पक्षीय विचारहरूका संवाहक शक्तिहरू, ती हितहरूका संवाहक शक्तिहरू, तिनीहरूलाई प्रतिक्रियावादी शक्तिहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै विभाजित गर्न खोज्दैछन्’ उनले भने, ‘आज हाम्रो देशमा तथाकथित जुन गठबन्धन भन्ने देखाप¥यो ।’

उनले थपे, ‘अहिले मैले भनेका मजदुर वर्ग पक्षीय विचारहरू, मजदुर वर्ग पक्षीय हितहरू, मजदुर पक्षीय सङ्गठनहरू, संस्थाहरू, मजदुर वर्ग पक्षीय आन्दोलनहरू, तीनलाई कमजोर पार्ने प्रयासहरू । किनभने अन्तिममा समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य कसको हो त ? यो सम्पन्न सम्भ्रान्त वर्गको गन्तव्य त होइन । उसका लागि अहिले नै समृद्धि छदै छ नि । उनीहरूको गन्तव्य त होइन ।’

एमाले सदैव मजदुर वर्गको हितका लागि एकताबद्ध, प्रतिबद्ध र ऐक्यबद्ध रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्