Logo
Logo

मृत्युसित जुधिरहेका जानकीलाई नम्बे हजार आर्थिक सहयोग


1.1k
Shares

काठमाडौं । अमेरिकी सेनामा कार्यरत नौ जना नेपालीद्धारा मृत्युसित जुधिरहेका प्लीहा संक्रमणबाट ग्रसित जानकी जोशीलाई आर्थिक संकलन गरेर बुधबार नब्बे हजार सहयोग प्रदान गरेका छन् ।

भरतसिंहको नेतृत्वमा अमेरिकी सेना कार्यरत नौ जना सैनिकहरुले भारतको मुम्बईको किम अस्पतालमा प्लीहा (स्पिलिन) नामक परजिवीको संक्रमणवाट ग्रसित भएर मृत्यसंग जुधिरहेका जोशीको उपचारका लागि नब्बे हजार सकंलन गरेर भरतसिहं पेलाले श्री जनता रास्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण सिंह पेलालाई सो रकम सबन्धित व्यक्तिको जिम्मा लगाएको जनाए ।

२ सन्तानका आमासमेत रहेका जोशी करिव ६/७ महिनादेखि सो रोगसँग लड्दै आएका घोडाघोडी क्याम्पस सुख्खड कैलालीमा अध्यापनरत बिज्ञान विषय शिक्षिका हुन् । आर्थिक समस्या भएकाले घरपरिवार बाध्य भएर सहयोग अभियानमा जुटेको खबर सुन्नासाथ आफूले नजिकका साथीभाईहरुसंग मिलेर महान् पुण्य कर्ममा जुटेको जनाए ।

यो महान् पुण्य कर्ममा संयुक्त राज्य अमेरिकाको हवाई राज्यमा कार्यरत नेपाली सेनाहरु भरतसिंह पेला, राजु श्रेष्ठ, अजय यादव, भरत पोखरेल, महेन्द्र ओली, सन्तोष गुरुङ, दीप श्रेष्ठ (आर्मी भेटरन), दिनेश तिमिल्सेना(आर्मी भेटरन), बिनोद जी सी (यु यस आर्मी, कोरिया), लगायतले संयुक्त रुपमा सहयोग गरेका थिए ।

यदि कसैले आर्थिक सहयोग गर्न चाहेमा सेन्चुरी बैंकको खाता नम्बर 1250000368C5, बडिकेदार शाखा, बिपिनगर डोटी, खगेन्द्र राज जोशी फो नं. 9579012279 मा सम्पर्क गरी सहयोग गर्न सकाउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्