Logo
Logo

चरित्रवान नेतामात्रै मुलुकको नेतृत्वमा पुग्नसक्छ : सहरी विकासमन्त्री


1.1k
Shares

काभ्रे । सहरी विकासमन्त्री मेटमणि चौधरीले अहिलेको समाजले हरेक क्षेत्रमा असल नेतृत्व खोजिरहेको बताएका छन् ।

शनिबार धुलिखेलमा आयोजित पार्टीको तर्फबाट नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान समाजले हरेक क्षेत्रमा असल नेतालाई नेतृत्वमा पुर्‍याउनुपर्छ भन्ने आवाज उठाउन थालेको बताएका हुन् ।

‘वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनले असल नेतालाई नेतृत्वमा पुर्‍याउनुपर्छ भन्ने सन्देश दिएको छ, अब हामीले हाम्रा बोली–व्यवहार, मनोविज्ञान, दृष्टिकोण र आचरण सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ’, उनले भने । मन्त्री चौधरीले मुलुकले गुणस्तरीय नेतृत्व खोजिरहेको उल्लेख गर्दै चरित्रवान् नेतामात्रै मुलुकको नेतृत्वमा पुग्नसक्ने बताए ।

कार्यक्रममा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटाले दिउँसो समाजवादको नारा घन्काएर राति पूँजीवादीको चाकडी नत्यागेसम्म समाजवादको यात्रा सफल नहुने बताए। उनले भने, ‘अवसरको समानता नै समाजवाद हो, यसका लागि निश्चित कार्यक्रम हुनुपर्छ, उत्पादनको साधनमा समानता प्राप्त गर्नुपर्दछ।’

प्रतिक्रिया दिनुहोस्