Logo
Logo

सन्धिखर्क साना सहरी खानेपानीको अध्यक्षमा रायमाझी निर्वाचित


1.3k
Shares

अर्घाखाँची । सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई नगर आयोजना उपभोक्ता मूल संस्थाको अध्यक्षमा एमालेका नेता रामबहादुर रायमाझी निर्वाचित भएका छन् ।

शनिवार राति सम्पन्न निर्वाचनबाट राजेन्द्रकुमार कक्षपती श्रेष्ठलाई २४९ मतले हराउँदै रायमाझी अध्यक्षमा निर्वाचित भएका हुन् ।

शुक्रबारबाट सुरु भएको अधिवेशनमा उद्घाटन सत्र जारी रहँदै जिल्लामा क्रियाशिल ५ राजनीतिक दलले पदाधिकारी तथा सदस्य बाँडफाँड गरेपछि असन्तुष्ट भई श्रेष्ठ स्वतन्त्र उठेका थिए । तर, दलीय प्यानलले जित हात पारेको हो ।

१८ सय मतदाता रहेको खानेपानी समितिमा ६०० अर्थात एक तिहाई मतमात्र खसेको थियो । खसेको मतमध्ये अध्यक्षका लागि ५६५ मत सदर भएकोमा रायमाझीले ४०७ मत प्राप्त गरेका हुन् । श्रेष्ठले १५८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्