Logo
Logo

भक्तपुरमा रुखले किचेर तीन जनाको मृत्यु, १२ घाइते


5.2k
Shares

काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुखले किचेर तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । आइतबार ढलेर बस र स्कुटरलाई किच्दा दुर्घटना भएको हो ।

मृतकमध्ये नितेश खर्वुजाको मात्रै सनाखत भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी शर्माले बताए । उनका अनुसार काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुवाहक बस र बा ६१ च नम्बरको स्कुटर रुख ढलेर च्यापिएको थियो ।

रुख ढलेपछि आवत जावत समेत अवरुध भएको छ । अहिले सडक खुलाउने कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्