एजेन्सी । सिरियाको मध्य प्रान्त हामामा एउटा मण्डलीमा रकेट प्रहार हुँदा दुई जनाको मृत्यु हुनाको साथै अन्य १२ जना घाइते भएको राज्यको समाचार एजेन्सी सानाले जनाएको छ ।
‘आतङ्कवादी’ द्वारा प्रक्षेपण गरिएको उक्त रकेटले पश्चिमी हामाको अल-स्काइल्बियेह शहरको हागिया सोफिया चर्चलाई पुन: खोल्नको लागि धार्मिक उत्सवमा प्रहार गरेको बताइएको छ ।
रुसी प्रतिनिधिमण्डल सहभागी उत्सवको क्रममा सो विस्फोट भएको थियो । युद्ध अनुगमन समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले हताहतीको सङ्ख्या भने उल्लेख गरेको छैन ।
हामा नजिकैको विद्रोही नियन्त्रित उत्तरपश्चिमी प्रान्त इडलिबमा रुसी हवाई आक्रमणमा सात जनाको मृत्यु भएको पर्यवेक्षकले उल्लेख गरेको केही दिनपछि यो आक्रमण भएको हो ।
बेलायतमा रहेको वाचडग समूहले पीडितहरू हामा प्रान्तका विस्थापित व्यक्तिहरू भएको बताएको छ ।