Logo
Logo

पहिरोले घर पुरिंदा अछाममा एकै परिवारका ३ जनाको मृत्यु


693
Shares

काठमाडौं । मध्यरातमा आएको पहिरोले घर पुरिंदा अछाममा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ ।

अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा गएराति १ बजेतिर आएको पहिरोले स्थानीय पदम सिंह विष्टको घर पुरिंदा उनका परिवारका सदस्यहरुको मृत्यु भएका वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

एकै परिवारका तीन जनाको मृत्यु भएपनि मृतकको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

पहिरोमा पुरिएर एक जना घाइते भएका छन् । उनलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्