Logo
Logo

वैदेशिक व्यापारक घाटा अहिलेसम्मकै उच्च, २३ प्रतिशतले वृद्धि


567
Shares

काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा आर्थिक वर्ष २०७८/७९ मा अहिलेसम्मकै सबैभन्दा उच्च भएको छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा नेपालको कुल व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालको कुल वैदेशिक व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालको वैदेशिक व्यापार घाटा ३ खर्ब २१ अर्ब ७० करोड ४४ लाख १ हजार रुपैयाँले बढेको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालको वैदेशिक व्यापार घाटा २३ प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँको वस्तु आयात र २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको वस्तु आयात गरेको भन्सार विभागले जनाएको छ ।

गतवर्ष नेपालको कुल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख ११ हजार रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्