Logo
Logo

वैवाहिक अंगीकृतमा विचार पुर्‍याइएन : नारायणकाजी


693
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नागरिकता सम्बन्धी विधेयक अल्पमतको विचार लागू हुनेगरी ल्याइएको दावी गरेका छन् ।

सोमबारको राष्ट्रियसभा बैठकमा नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफल भाग लिँदै नेता श्रेष्ठले भने, ‘सरकारले प्रतिवेदनअनुसार विधेयक फिर्ता लिने, फिर्ता लिइसकेपछि अल्पमतको विचार लागू हुनेगरी कानूनी व्यवस्था गर्न विधेयक प्रस्तुत गर्ने यो चलन हामीले चलायौं भने लोकतन्त्र अत्यन्तै कमजोर हुन्छ । संसदीय मान्यता कमजोर हुन्छ ।’

उनले वैवाहिक अंगीकृत नागरिकताको लागि ७ वर्षे प्रावधान हटाउनुपर्ने कारण नभएको बताए । ‘सात वर्ष वैवाहिक अंगीकृत नागरिकता महिलालाई दिने प्रावधान थियो, त्यो हटाउनुपर्ने कुनै कारण थिएन’ उनले भने, ‘त्यसमा पनि विचार पु¥याइएन भन्ने मेरो ठहर छ ।’

उनले नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरी नेपालमा बसोवास गरेमा कुनै प्रावधान राखेर नागरिकता दिनुपर्ने आफ्नो धारणा सुनाए ।

नेता श्रेष्ठले भने, ‘नेपाली नागरिकले विदेशी नागरिक पुरुषसँग विवाह गरेको अवस्थामा कुनै प्रावधान नै नराख्ने ? यहाँ बस्न खोज्यो र नागरिकता लिन खोज्यो भने मापदण्ड हुनसक्ला । तर प्रावधान नै नराख्ने कुरा महिलामाथि ठूलो अन्याय हो ।’

प्रतिक्रिया दिनुहोस्