Logo
Logo

बाढीमा परी पाँचको मृत्यु


1.6k
Shares

एजेन्सी । देशको पूर्वी प्रान्त नान्गाहारमा आइतबार अबेर राति आएको बाढीमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएको प्रान्तीय गभर्नरको कार्यालयले जनाएको छ ।

विनाशकारी बाढीले प्रान्तीय राजधानी जलालाबाद र प्रान्तका केही जिल्लाहरूमा तीन सय २० घर र सयौं एकड खेतबारी पनि बगाएको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ ।

राजधानी काबुललाई पूर्वी प्रान्तसँग जोड्ने सडकमा रहेको एउटा प्रमुख पुल पनि बाढीले बगाएको विज्ञप्तिमा जनाएको छ । सडक अहिले बन्द गरिएको छ ।

दुई दिनअघि अफगानिस्तानको पञ्जशिर र तखार प्रान्तमा भारी वर्षा र बाढीले ठूलो धनजनको क्षति पुर्याएको थियो। यद्यपि, कुनै पनि मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्