Logo
Logo

खरानी पनि आयात हुन्छ भन्ने सुनेर अचम्मित भएँ : सभामुख


1.2k
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले हरेक वस्तु आयात गर्नुपर्ने बिडम्वना रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सोमबार काठमाडौंमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले विभिन्न हिसाबले देशमा गम्भीर अवस्था देखिएको संकेत गरे ।

सभामुख सापकोटाले भने, ‘हामी कति बिडम्वनापूर्ण स्थितिमा बाँचिरहेका छौं भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठूलो मात्रामा उत्पादन गर्न सक्छौँ तर गुन्द्रुकसमेत अन्यत्रबाट आयात गर्छौं । जनै लाउँछौं तर नलगाउने चीनबाट पठाइदिन्छन्, राखी त्यस्तै ।’

उनले अगाडि भने, ‘म त्यस्तै त्यो सुनेर स्तब्ध भएको छु । हुन त म राज्यको तीनवटा अंगमध्ये एउटा अंगको नेतृत्व गर्दैछु । खरानी समेत नेपालमा आयत हुन्छ । हरियो बन नेपालको धन ! दाउरा हामी बाल्छै खरानी अरुबाट ल्याउँछौँ । २ खर्ब ५० करोडको हामी खाद्यवस्तुहरू आयात गर्छौं । योभन्दा लज्जा र चिन्ताजनक स्थिति के हुन्छ ? योभन्दा गम्भी स्थिति केही हुन सक्छ ?’

यस क्रममा सभामुख सापकोटाले युवाहरूको आवाजलाई अहिले सिंगो राष्ट्रले बुलन्द गरिरहेको बताएका थिए । साथै उनले साइरनको भाषाको रुपमा आएको युवाहरूको आवाजलाई सुन्नु पर्ने बताए ।

उनले भने, ‘अहिले सिंगो राष्ट्रले धेरै राम्रोसँग बुलन्द गरिरहेको छ । अहिले त छिटपुट संकेतहरु मात्रै देखा परेका छन् । काठमाडौं, धरान लगायतका ठाउँहरुमा । यो संकेत मात्रै हो, साइरन हो यो । साइरनको भाषा हामीले बुझ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्