Logo
Logo

पाँचथरमा करेन्ट लागेर १ को मृत्यु, १ घाइते


378
Shares

पाँचथर । पाँचथरमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् ।

अन्न पिस्ने मिलमा विद्युत् सर्ट भई करेन्ट लाग्दा घाइते भएका तुम्बेवा गाउँपालिका–२ का ३८ वर्षीय जीवन मगरको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो । सोही स्थानका ३५ वर्षीय पूर्णकुमार मगर घाइते भएका छन् ।

सोमबार दिउँसो २ बजे जीवनको घरमा जडान गरिएको मिलमा अन्न पिस्ने क्रममा उनीहरूलाई करेन्ट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्