Logo
Logo

बाँकेको कोहलपुरमा एक दम्पती मृत भेटिए


1.3k
Shares

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका १४ पावर्तीपुरमा एक दम्पती मृत फेला परेका छन् ।

आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् । श्रीमानको शव घर बाहिर र श्रीमतीको शव घरभित्र फेला परेको प्रहरीले जनाएको छ ।

कृष्णको हातमा चोट देखिएको र मञ्जुको मुखबाट फिँज आएको देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्