Logo
Logo

विषाक्त मदिरा सेवन गर्दा ७ जनाको मृत्यु


441
Shares

काठमाडौं । भारतमा विषाक्त मदिरा सेवन गर्दा सात जनाको मृत्यु भएको छ।

गुजरातको बाटोड जिल्लाको रोजिद गाउँमा विषाक्त मदिरा सेवन गर्दा सात जनाको मृत्यु भएको पीटीआईले जनाएको छ।

मदिरा सेवनका कारण अरु १० जना बिरामी परेका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीहरुले बताएका छन्। गुजरातका प्रहरी महानिर्देशक आशिष भाटियाले प्रहरीले विषाक्त मदिरा बेच्ने व्यवसायमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्