Logo
Logo

बजेट प्रकरण : छानबिन समितिको बैठक स्थगित


5k
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष संसदीय समितिको आज बिहान सिंहदरबारमा बसेको बैठक स्थगित भएको छ ।

समितिको बैठक बेलुकी चार बजे फेरी बस्ने जनाइएको छ । समितिका सदस्यसचिव सुरेन्द्र अर्यालका अनुसार सीसीटीभी फुटेजमाथी विज्ञबाट जानकारी लिनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो ।

नेपाल प्रहरीको फरेनसिक ल्यबाबाट प्रतिवेदनसहित समितिले पठाएको उपकरण, हार्डडिस्क हिजो फिर्ता भएको उनले जानकारी दिए । सोही प्रतिवेदनबारे छलफल गर्न आज विहान समितिको बैठक राखिएको थियो ।

आजै चार बजे बस्ने बैठकमा नेपाल प्रहरीको फरेनसिक ल्याबका विज्ञहरुलाई बोलाइएको र बैठकमा उनीहरुले प्राविधिक कुराहरु स्पष्ट पार्ने अर्यालले जनाए ।

केही दिनअिघ समितिले अर्थ मन्त्रालयसको सीसी टिभी फुटेज रिकभर गर्नको लागि हार्डडिस्क प्रहरीको फरेनसिक ल्याबमा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्