Logo
Logo

रोशनी शाही पक्राउ


182.7k
Shares

काठमाडौं । पशुपतिनाथ क्षेत्रमा सातादेखि ‘अतिरुद्र महायज्ञ’मा जुटिरहेका बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्ण गिरीविरुद्ध नाराबाजी गरेपछि रोशनी शाही पक्राउ परेका छन् ।

मंगलबार पशुपतिनाथ परिसरमा पुगेर सिद्धबाबाविरुद्ध नाराबाजी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नै अनुयायीलाई बलात्कार आरोप लागेका सिद्धबाबाले अहिले पशुपतिनाथ क्षेत्रमा महायज्ञ गरिरहेका छन् ।

महायज्ञमा सिद्धबाबालाई रोशनीले ‘बलात्कारी’ भन्दै विरोध गरेका थिए । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई अहिले महानगरीय प्रहरी बृत्त गौशालामा राखिएको छ । उनले तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कार आरोप लगाएकी थिइन् ।

महायज्ञका प्रमुख वाचक सिद्धबाबाविरुद्ध जिल्ला अदालत सुनसरीमा चलिरहेको मुद्दा विचाराधीन छ । गिरीविरुद्ध अनुयायीले बलात्कार अभियोग लगाएपछि जिल्ला अदालत सुनसरीमा मुद्दा चलाइएको थियो । तर गिरीलाई सुनसरी अदालतले सफाइ दिएको थियो ।

त्यसलाई लिएर जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा अपील दर्ता गराएको थियो । उच्चले फेरि मिसिल अध्ययन गरेर आवश्यक निर्णय लिन जिल्ला अदालत सुनसरीका नाममा आदेश दिएको थियो । त्यसपछि उनको मुद्दामा सुनुवाइ हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्