काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ३६ डिएसपीलाई एसपीमा बढुवा गर्ने निर्णय गरेको छ । गत साता भएको सिफारिसमा उजुरी गर्ने एक साताको अवधि सकिएपछि गृहले बढुवाको निर्णय गरेको हो ।
बढुवा भएकालाई बुधबार दज्र्यान्ही चिन्ह लगाउने कार्यक्रम छ । एसपी बढुवामा कोमल शाह, नरेशराज सुवेदी लगायतले छलाङ मारेका थिए ।
उता डिएसपी बढुवा भने विवादमा फसेको छ । बढुवामा सिफारिस उपर इन्सपेक्टर बिशाल भारतीले उजुरी दिएका छन् । जसअनुसार बढुवा लम्बिने भएको छ ।