Logo
Logo

एसईईको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्नुहोस्


2.3k
Shares

काठमाडौं । राष्ट्रीय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बुधबार सार्वजनिक गर्दै छ ।

दिउँसो बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले बताए । कोभिड–१९ को दोस्रो लहरका कारण एसईई वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको थियो ।

परीक्षामा ४ लाख ९५ हजार विद्यार्थी सहभागी भएका थिए । परीक्षा नियन्त्रक रायमाझीले नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने जानकारी दिए ।

यसपटकको एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले विभिन्न माध्यमबाट रिजल्ट थाहा पाउने व्यवस्था गरेको जनाएको छ । मोबाइल एसएमएसबाट नतिजा थाहा पाउनका लागि ३५००१, ३४९४९, ३१००३ र १६०० मा म्यासेज गर्नु पर्ने हुन्छ ।

त्यस्तै विभिन्न वेवसाइटमार्फत पनि नजित हेर्न सकिने परीक्षा बोर्डले जनाएको छ । www.see.gov.np , www.neb.gov.np, www.see.ntc.net.np लगायत अन्य वेवसाइटमा जान सकिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्