काठमाडौं । ललितपुरको एकान्तकुनामा टिपरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।
रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक खोटाङ घर भएका २३ वर्षीय ठगेन्द्र राईको मृत्यु भएको हो ।
मोटरसाइकलको पछाडि सवार १ जना घाइते भएका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।