Logo
Logo

बजेट प्रकरण : प्रतिवेदन तयार पार्दै छानबिन समिति


1.2k
Shares

काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिबाट करको दर हेरफेरबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले अध्ययन सकेको छ ।

आजबाट प्रतिवेदन तयार गर्ने प्रक्रिया थाल्ने समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गराएको आरोप लागेको थियो ।

संसदमा त्यसको चर्को विरोध भएपछि सभामुख अग्नि सापकोटाले असार २२ गते छानबिन समिति गठन गरेका थिए । अनधिकृत व्यक्ति प्रवेश गरेको भनिएको जेठ १४ गते रातिको सीसीटीभी फुटेज हेर्दा स्पष्ट बुझिने दृष्य नदेखिएको समितिले जनाएको छ ।

अनधिकृत व्यक्ति प्रवेश गरेको ठोस प्रमाण नभए पनि समितिले प्रतिवेदन लेखेर बुझाउने तयारी गरेको समितिका एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्