Logo
Logo

हाइड्रोपावरको ड्याममा महिलाकाे शव


252
Shares

सोलुखुम्बु । अपर सोलु हाइड्रोपावरको ड्यामसाइटमा एक महिलाका शव फेला परेको छ।

सोलु दुधकुण्ड नगरपालिका ७ को साल्मे स्थित ड्यामसाइटमा सडेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिए।

हाइड्रोपावरका कर्मचारीहरुले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थल तर्फ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी निरीक्षक राम किशोर शाहसहितको टोली पुगेको छ।

प्रतिक्रिया दिनुहोस्