Logo
Logo

सेप्टेम्बरमा ट्वीटरको सेयरधनी बैठक, एलन मस्कको प्रस्तावमा मतदान हुने


504
Shares

एजेन्सी । माइक्रो ब्लगिङ सोसियल साइट ट्वीटरले १३ सेप्टेम्बरमा सेयरधनीको बैठक बोलाएको छ ।

उक्त बैठकमा सेयरधनीले टेस्लाका मालिक एलन मस्कले ट्वीटर खरिदका लागि गरेको प्रस्तावमा मतदान हुने छ । मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गर्न ‘टेकओभर प्रस्ताव’ गरेका थिए ।

तर, आफ्नो प्रस्तावित डिलबाट मस्क पछि हटिसकेका छन् । उनले प्रतिष्ठामै आँच पु¥याएको भन्दै मुद्दा अदालतमा पुगेको छ । मस्क ट्वीटरसँग कानूनी लडाइका लागि तयारी गरिरहेका छन् ।

बैठकमा सेयरधनीलाई खरिद सम्बन्धमा कार्यकारी अधिकारीलाई भुक्तानी गर्न सक्ने, क्षतिपूर्ति अनुमोदन गर्ने प्रस्तावमा मतदान गर्न आग्रह गरिने ट्विटरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्