Logo
Logo

रोकिराखेको ट्रकमा कार ठोक्किँदा एक जनाको मृत्यु


441
Shares

मोरङ । मोरङको बेलबारी नगरपालिका–८ मतुवामा ट्रकमा कार ठोक्किँदा कारमा सवार एक किशोरको मृत्यु भएको छ । दुर्घटनामा कार चालक घाइते भएका छन् ।

मृत्यु हुनेमा कारमा सवार झापाको दमक नगरपालिका–४ का १४ वर्षीय राजु बराइली रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा विराटनगर स्थित नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार चालक बेलबारी नगरपालिका–१ का २२ वर्षीय सन्दिप लामिछानेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रोकिराखेको को १ ख ८००४ नम्बरको ट्रकमा बा ११ च २४५८ नम्बरको कार आज बिहान ७ बजे ठोक्किएको थियो । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्