Logo
Logo

यात्रुबाहक बसमा ढुंगा खस्दा एकजनाको मृत्यु, दुई घाइते


1.2k
Shares

काठमाडौं । यात्रुबाहक बसमा ढुंगा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौंबाट सुर्खेततर्फ आउँदै गरेको ना ७ ख ५८११ नम्बरको रात्रिकालीन बसमा ढुंगा हास्दा दैलेखको भगवतीमाई गाउँपालिका–१ का १७ वर्षीया पार्वती शाही भएका छन् ।

रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिकाको पैँसट्ठी भन्ने स्थानमा ढुंगा खस्दा घाइते भएका शाहीको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनाबाट दुई जना घाइते भएका छन् । ३१ जना सवार उक्त गाडी चालक वीरेन्द्रनगर नगरपालिका- ३ का २९ बर्षीया नमबहादुर रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्