Logo
Logo

काभ्रेका ९ जनामा डेङ्गु संक्रमण पुष्टि


378
Shares

काभ्रेपलाञ्चोक । जिल्लामा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको पाइएको छ । केही समय अघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल तीन स्थानीय तहको ९ जनामा पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

काभ्रेपलाञ्चोकमा तीन वर्षपछि गत असार दोस्रोसाता पाँचखालमा भेटिएका डेङ्गु सङ्क्रमित जिल्ला बाहिरका हुन् । ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेङ्गु रोगको सङ्क्रमण भेटिएको थियो । पाँखालमा भेटिएका सङ्क्रमितको भने काठमाडौंस्थित एक अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ ।

कार्यालयप्रमुख डा पुरुषोत्तम सेढाईंका अनुसार हालसम्म जिल्लाको तीन स्थानीय तहमा डेङ्गु रोगको सङ्क्रमण भेटिएको हो । ‘करिब एक महिनाको अवधिमा नौ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ, हामी रोगको स्रोतको सर्च एण्ड डिस्ट्रोय गर्ने अभियानमा छौँ’, सेढाईंले भने ।

सङ्क्रमित ९ मध्ये मध्ये काभ्रेपलाञ्चोकको धुलिखेलका तीन, पनौतीका दुई र बनेपाका एक हुन् । यस्तै दोलखाका एक र सिन्धुपाल्चोकका दुई रहेको जनाइएको छ । काठमाडौंमा उपचाररत सङ्क्रमितको अवस्था गम्भीर रहेकाले आइसियुमा राखिएको सेढाईंले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय र नगरका स्वास्थ्य टिमले डेङ्गु सङ्क्रमणको स्रोतबारे स्थानीयस्तरमा अनुगमन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्