Logo
Logo

पोखरामा आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता हुने


819
Shares

काठमाडौं । पोखरामा आजदेखि राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ ।

‘लोक संस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’को नारासहित स्थापना भएको कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालको आयोजनामा साउन १४ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगितामा देशभरबाट गरी ४६ समूहको सहभागिता रहेको र सबै तयारी पूरा भएको प्रतिष्ठानले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन दाहालका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले ६ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । जुन पुरस्कार नेपालमा दोहरीतर्फको अहिलेसम्मकै सर्वाधिक राशिको रहेको उनको भनाइ छ ।

यसैगरी द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः ४ लाख, २ लाख र १ लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट गायक, गायिका र अनुशासित समूहलाई ५० हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमबाट ५५ लाख आम्दानी भई खर्च ३९ लाख ५० हजार कटाएर १५ लाख ५० हजार बचत हुने अनुमान आयोजकको छ । प्रतियोगिताको पुरस्कारमा मात्र १४ लाख ५० हजार खर्च हुनेछ ।

एक समूहमा महिला र पुरुष एक(एक जना गरी दुई जना रहने र समूहको वाद्यवादनलगायत टोलीको व्यवस्था आयोजकले नै गर्ने छ

प्रतिक्रिया दिनुहोस्