Logo
Logo

ओलीको प्रश्न- दमकमा एमाले हार्ने कारण के हाे ?


22.1k
Shares

दमक । नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचनमा दमक नगरपालिका हार्नुको कारणबारे कार्यकर्तालाई प्रश्न गरेका छन् ।

आफुभित्रको बेमेलकै कारण दमकमा एमाले हारेको ओलीले बताएका छन् । ‘दमकमा विरोधीलाई फाइदा पुग्ने काम भएको छ’ बिहीबार दमक नगर पार्टी कार्यलयमा अगुवा कार्यकर्तासँगको अन्तरक्रियामा अध्यक्ष ओलीले भने, ‘यसरी विरोधीलाई सघाउने काम मात्र भयो भने हामी उनीहरुका भरिया मात्र हुन्छौं ।’

अर्कालाई जिताएर आफैं अपमानित हुने र लज्जित हुने काम नगर्न कार्यकर्तालाई अध्यक्ष ओलीले निर्देशन दिए । सबैले पार्टीको सिद्धान्त र नीति बुझ्नु पर्ने अध्यक्ष ओलीको भनाइ छ । गल्ती नदोर्याउन र पार्टीलाई आगामी दिनमा जित्ने गरी काममा लाग्न उहाँले दमकका कार्यकर्तालाई निर्देशन दिए ।

आफू एमालेलाई एक ढिक्का बनाएर बनाएर राष्ट्रिय राजीनतिको मियोको रुपमा स्थापित गर्ने अभियानमा रहेको ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्