Logo
Logo

पर्सिसम्ममा निर्वाचनको मिति घोषणा हुन्छ : प्रचण्ड


8.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकाल दाहाल ‘प्रचण्ड’ले पर्सिसम्ममा निर्वाचनको मिति घोषणा हुने बताएका छन ।

नेकपा माओवादीनिकट प्रेस सेन्टरका पदाधिकारीसँगको छलफलमा अध्यक्ष प्रचण्डले २/४ दिनमै निर्वाचनको मिति घोषणा हुने बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले आज-भोलिमै निर्वाचनको घोषणा गर्छु भनेको भए पनि संसदमा छलफलमा रहेका विधेयक टुंगो लगाएर मात्र मिति घोषणा गर्न आफूले सुझाव दिएको बताए ।

आफ्नो आग्रहमा प्रधानमन्त्री सहमत भएको र प्रधानमन्त्रीसँग भोलि या पर्सि मिति घोषणा गर्ने सहमति भएको उनले बताए ।अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा वर्तमान गठबन्धनले नजिते देश पुनः संकटमा जाने दोहोर्याए ।

उनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि कांग्रेस लगायतका दलसँग गठबन्धन हुने भएकाले नेताहरुलाई गठबन्धनको विपक्षमा अभिव्यक्ति नदिन भनेको सुनाए ।

प्रतिक्रिया दिनुहोस्