Logo
Logo

संसदको पाँच वर्षे कार्यकाल सुखद रहेन : सुदन किराती


12k
Shares

काठमाडौं । संसदको पाँच वर्षे कार्यकाल सुखद नरहेको नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य सुदन किरातीले बताएका छन् ।

बिहीबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद किरातीले दुई पटक संसद विघठन भएकोले याे संसदको पाँच वर्षे कार्यकाल सुखद नभएको बताए ।

आफू सदस्य रहेको समितिको समेत सांसद किरातीले आलोचना गरे । उनले भने, ‘देशको कार्यकारी प्रधानमन्त्रिले आफ्नै निवासमा चार घण्टा अन्य राष्ट्रको गुप्तचर संस्थाका प्रमुखसँग भेटवार्ता गर्दा समेत नजर अन्दाज गयौँ । एउटा पनि बैठक बोलाउने हैसियत राखिएन, त्यसैले यो समिति पूर्वाग्राही भयौँ ।’

सांसद किरातीले एसपीपी लागू नगर्ने भनेर सरकारले गरेको निर्णय तत्काल चिठी पठाएर संसदबाट जनतालाई जानकारी गराउनुपर्ने बताए ।

राष्ट्रियताको सवालमा दुई प्रवित्तिलाई परास्त गनुपर्ने सांसद किरातीको भनाइ छ । नागरिकता विधेकसम्म आउँदा चर्को पुरुष अन्धराष्ट्रवाद र राष्ट्रिय आत्मसमर्पणवाद भएको किरातीको ठहर छ । यसलाई परास्त नगरेसम्म देशले सुख र समस्यले निकास नपाउने उनले बताए ।

सांसद किरातीले भूपू गोर्खाहरुको समस्यबारे पनि समितिमा कुरा उठाए । उनले भने, ‘बेलायतका भूपू गोर्खाहरु समस्य छन् । त्योभन्दा बढी सिंगपुरका भूपू गोर्खाहरु अन्ययमा छन् । यो गोर्खाहरुको मात्रा सवाल होइन यो नेपाल सरकार र समग्र राष्ट्रको समस्य हो ।’

भूपू गोर्खाहरुका लागि सरकार र प्रतिपक्ष सवै लाग्नु पर्नेमा किरातीले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्