Logo
Logo

बाबुरामको पार्टी दर्ता


2.5k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता गरेका छन् ।

बाबुरामले गठन गरेको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएपनि अध्यक्षलगायत केन्द्रीय सदस्य भने अद्यावधिक भइसकेका छैनन् । निर्वाचन आयोगका अनुसार समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी बनाइएको हो ।

फाइल फोटो

समावेशी लोकतान्त्रिक पार्टी बाबुरामनिकट पूर्वविद्यार्थी नेता दीपक लामिछानेको नाममा दर्ता थियो । जनता समाजवादी पार्टी (जसपा) मा विवाद चर्किएका बेला बाबुरामनिकट लामिछानेको अध्यक्षतामा ५ फागुनमा यो दल दर्ता भएको थियो ।

चुनाव चिन्ह खुलेको एक आँखालाई राखिउको छ । यो चुनाव चिन्ह पहिले नयाँ शक्तिको थियो । अब यो पार्टीको केन्द्रीय समिति बैठक बसेर पदाधिकारी चयन बताइएको छ ।

जसपाबाट निष्काशनमा परेपछि बाबुराम नयाँ पार्टी गठनमा जुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्