Logo
Logo
बजेट निमार्ण प्रकरण

छानबिन समितिले तयार पार्‍यो प्रतिवेदन, प्रमाण नभेटिएन


2.3k
Shares

काठमाडौं । बजेटको करको दायर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेका जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेको छ ।

समितले प्रतिवेदन तयार पारेको समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले जानकारी दिए । प्रतिवेदन भोलि (शुक्रबार) सभामुख अग्निप्रसाद सापकोटालाई बुझाइने बताए । प्रतिवेदनमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेश गराएको ‘प्रमाण नभेटिएको’ उल्लेख छ ।

यसमा सत्तापक्षमा रहेका सांसदहरु एकमत भएका छन् भने प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले फरक राय दिएको बुझिएको छ । बैठकपछि खगराज अधिकारीले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै भने, ‘प्रतिवेदनमा आ-आफ्ना कुराहरु छन् । कतिपयमा सर्वसम्मति छ । कतिपयमा छलफल नै बाँकी छ ।’

प्रतिक्रिया दिनुहोस्